लन्डनका व्यवसायी पाण्डे दम्पत्तिले एनिभर्सरीको सट्टा आश्रमका लागि किनिदिए खाद्यान्न


लन्डन- माया सपोर्टेड लिमिटेडका प्रवन्ध निर्देशक राज पाण्डेले ललितपुरस्थित तुलसालय आश्रमका लागि खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।
लन्डनका सफल युवा व्यवसायी पाण्डेले नजिकिँदै गरेको आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को अवसरमा चैत्र १८ गते आश्रममा एक महिनालाई आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् ।
आश्रममा ४० जना बच्चा, ४ शिशु र १४ जना वयस्क आश्रित छन् ।
दारी ग्याङ यूकेका सल्लाहकार पाण्डेको आर्थिक सहयोगमा चामल २५ बोरा, चिनी १ बोरा, मुसुर दाल ५ केजी, मुंग दाल ५ केजी, मास दाल ५ केजी, चना ५ केजी, बोडी ५ केजी, सेतो केराउ ५ केजी, मुंग खोस्टे ५ केजी, आँटा १५ केजी, सोयाबिन ५ केजी, तेल ६ कार्टुन, चाउचाउ ५ कार्टुन, चियापत्ति ४ केजी, बिस्कुट ४ कार्टुन, भाँडा माझ्ने साबुन २ कार्टुन, लुगा धुने साबुन २ कार्टुन, जिरा धुलो २ केजी, खुर्सानी धुलो २ केजी, बेसार धुलो २ केजी, धनिया धुलो २ केजी, मेथी १ केजी, ज्वानो १ केजी, भुजा १४ प्याकेट, दालमोठ ३ केजी र सर्फ १० केजी प्रदान गरिएको हो ।
यी सामग्री बाहेक अन्य खर्चका लागि १५ हजार नगद पनि दिएका छन् । ‘यस वर्ष हामी वैवाहिक वार्षिकोत्सव नमनाउने सोचमा छौं । जब मैले दारी ग्याङका साथीहरूबाट सुने कि ति गरिव असहायलाई खाद्यान्न सामग्री अति आवश्यक छ । अनि म र श्रीमतीले उनीहरूलाई एक महिनाको किराना सामान उपलब्ध गराउने सोच्यौं’-पाण्डेले भने ।
उनले बेलायतवासी अरुलाई पनि मद्दत गर्न अपिल गरेका छन् । ‘तपाईंको १० पाउन्ड उनीहरूका लागि रु १८०० हो र यदि तपाईंले १० पाउन्ड दान गर्नुभयो भने यसले तपाईंलाई कुनै असर गर्दैन तर उनीहरूका लागि यो ठूलो मद्दत हुनेछ। आउनुहोस्, हामी सबै मिलेर उनीहरुलाई मद्दत गरौं’- पाण्डेको अपिल छ।
इच्छुक दाताले आश्रमको इ-सेवा खातामा सिधै आर्थिक सहयोग प्रदान गर्न सक्ने राजले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५