बिहीबार, चैत २०, २०८१
बेलायतको रेलवे स्टेशनमा प्रहरीको गोलीबाट हतियारधारी व्यक्तिको मृत्यु


नेपाली लिङ्क
अप्रिल १, २०२५
लन्डन- बेलायतको मिल्टन किन्स सेन्ट्रल रेलवे स्टेशनमा मंगलबार दिउँसो एक हतियारधारीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ ।
अपरान्ह १२ः५५ बजे स्थानीय समयमा स्टेशनमा एक व्यक्ति बन्दुक लिएर घुमिरहेको भन्ने सूचना पाएपछि थेम्स भ्याली प्ररहरी र ब्रिटिश ट्रान्सपोर्ट प्रहरीको टोली घटनास्थल पुगेको बीबीसीले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार, उक्त शंकास्पद व्यक्तिलाई चेतावनी दिएपछि प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीले उक्त व्यक्तिको ज्यान बचाउने प्रयास गरे पनि दिउँसो १३ः४४ बजे मृत्यु भएको पुष्टि भएको हो ।
उक्त स्थानमा अहिले कुनै जोखिम नरहेको प्रहरी प्रवक्ताले जनाएका छन्, यद्धपि घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ ।
घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । घटनाका कारण रेलवे सेवा पनि अवरुद्ध भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५