बुधबार, चैत १९, २०८१
04:49 | ०९:३४

गणतन्त्रको पक्षमा एमालेको जागरणसभा

नेपाली लिङ्क मार्च ३१, २०२५

नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा सोमबार गरेको जागरण सभामा निकालिएको मोटरसाइकल र्‍याली ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा जागरणसभा गरेको छ । एमालेले सोमबार देशव्यापी रुपमा जागरणसभा गरेको हो । सोही अवसरमा काठमाडौंको तीनकुने क्षेत्रबाट भक्तपुरसम्म मोटरसाइकल र्‍याली गरिएको छ ।

तीनकुने क्षेत्रमा आयोजित कार्यक्रमलाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्दै जनताले लडेर ल्याएको उपलब्धीलाई पुनः पूर्व राजावादीहरुले खोस्ने दुस्साहस गर्न थालेकाले गणतन्त्रको पक्षमा जनताको चेतना जागृत गर्न जागरण सभा आयोजना गरिएको बताए । इतिहास भइसकेको राजतन्त्र अब कुनै हालतमा फर्केर आउन नसक्ने उनले दाबी गरे ।

जागरण सभामा काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समिति, काठमाडौं उपत्यका प्रदेश समिति, युवा, महिला लगायतका २२ जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

एमाले सचिवालय बैठकले गरेको निर्णयअनुसार सोमबार देशैभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरुमा जागरण सभा आयोजना गरिएको एमाले कार्यालयका मुख्यसचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू