मंगलबार, चैत १८, २०८१
13:29 | १८:१४

भूकम्प प्रभावित म्यान्मारका लागि बेलायतद्वारा एक करोड पाउन्ड सहायता

रासस/एएफपी मार्च ३०, २०२५

लन्डन, चैत १७ गते । बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

म्यान्मारमा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएपछि राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो ।

भूकम्पका कारण म्यान्मारमा एक हजार ७०० बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ ।

बेलायती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको यो कोषले भूकम्पबाट अति प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधी र आवासका सामानको आपूर्ति लागि सहायता गर्नेछ।’

विकास मन्त्री जेनिफर च्यापम्यानले भने ‘बेलायतको आर्थिक सहयोगमा सञ्चालित स्थानीय साझेदारहरूले पहिले नै म्यान्मामा मानवीय सहयोग गरिरहेका छन् । “यस दुःखद घटनापछि म म्यान्मारका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु ।’

म्यान्माको मध्य भागमा गएको ७.७ म्याग्निच्यूडको भूकम्पपछि सेनाप्रति वफादार (जुन्टा) सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि विरलै गर्ने आग्रह गरेको थियो ।

बेलायतले यसअघि जुन्टासरकारसँग निकटता भएका व्यक्ति र संस्थामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू