मंगलबार, चैत १८, २०८१
01:53 | ०६:३८

पर्वत वेलफेयर सोसाइटी यूके नयां नेतृत्व चयन र शुभकामना कार्यक्रम तयारीमा

नेपाली लिङ्क मार्च २९, २०२५

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूके नयां नेतृत्व चयन गर्ने तयारीमा जुटेको छ । सोसाइटीको १० औं अधिवेशन आउंदो अप्रिल २६ मा अल्डरसटस्थित एम्पायर हलमा तय भएको हो ।

उक्त अधिवेशनले नयां नेतृत्व चयन गर्ने सोसाइटीकी अध्यक्ष अप्सरा गुरुङले जनाइन् ।

अधिवेशनका लागि सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङको संयोजकत्वमा एक निर्वाचन समिति समेत गठन गरिएको छ । निर्वाचन समितिमा पूर्व अध्यक्षत्रय पुरन गिरी, दधि आचार्य र नेत्र आले एवं सल्लाहकार तथा संरक्षक मेजर रि. कृष्ण गुरुङ छन् । नयां कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ ।

त्यसदिन १२ देखि ४ बजेसम्म अधिवेशन र निर्वाचन प्रक्रिया एवं सांझ नयां कमिटीको नेतृत्वमा नेपाली नयां वर्ष २०८२ शुभकामना आदानप्रदान कार्यक्रम समेत हुन लागेको वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले जनाए । उक्त शुभकामना कार्यक्रमका लागि प्रमुख अतिथी राजदूत चन्द्रकुमार घिमिरेलाई निम्त्याइएको छ । उक्त कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने महासचिव सञ्जयध्वज भण्डारीले बताए ।

सन् २००२ मा स्थापित सोसाइटीले यूकेको च्यारिटी कमिसनमा दर्ता प्रक्रिया शुरु गरिसकेको छ । संस्थाले बेलायत तथा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सोसाइटीले गत वर्ष एक च्यारिटी डिनर गरि पर्वतका विभिन्न गाउंपालिकास्थित करिब एकहजार गरिव तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उपाध्यक्ष डा. भरत पौड्यालले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू