मंगलबार, चैत १८, २०८१
राष्ट्रपति पौडेलले अवलोकन गरे घोडेजात्रा


नेपाली लिङ्क
मार्च २९, २०२५
काठमाडौँ, चैत १६ गते। राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ मा सहभागी भएका छन् ।
नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजितसमारोहमा राष्ट्रपति पौडेलले सेनाले प्रदर्शन गरेको अश्वकला अवलोकन गरे ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।
सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे ।
चैत्र कृष्ण औंसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रम गरि मनाउने प्रचलन छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५