सोमबार, चैत १७, २०८१
12:50 | १७:३५

राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

नेपाली लिङ्क मार्च २८, २०२५

काठमाडौं। राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु भएको छ।

कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार उनी घाँटीमा गोली लागेर उपचारका लागि ल्याइएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू