काठमाडौँ राजावादी र गणतन्त्रवादीको प्रदर्शनले तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन कर्फ्यू


काठमाडौँ- राजावादी र गणतन्त्रवादीको छुट्टाछुट्टै प्रदर्शनका कारण शुक्रबार काठमाडौँ तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रणमा लिन राजावादीको प्रदर्शन केन्द्रित तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।
निषेधाज्ञा अवधिभर आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।
तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ ।
प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।
पूर्वराजा समर्थक प्रदर्शनकारीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय र गाडीमा समेत आगो लगाएका छन् ।
राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनी सपिङ सेन्टर र अन्नपूर्ण पत्रिकाको कार्यलयमा पनि तोडफोड गरेको जनाइएको छ।
निजी घर, सञ्चार गृह, सरकारी भवन र सवारी साधनलाई समेत निशाना बनाएका राजावादीले कोटेश्वरमा रहेको भाटभटेनीमा लुटपाट मच्चाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५