बेलायती राजासमक्ष राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिममा रद्द



राजदूत चन्द्र कुमार घिमिरे
लन्डन—बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले आज बिहीबार बेलायती राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिममा रद्द भएको छ ।
दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले विशेष परिस्थितिका कारण कार्यक्रम रद्द भएको जानकारी आएको बताए ।
उनका अनुसार, नेपाली राजदूतलाई पहिला १२. ४० बजे प्रमाणपत्र पेश गर्ने समय दिइएकोमा फेरी अर्को समय ३. ४० बजे सारिएको थियो । तर, अन्तिममा त्यो पनि रद्द भएको खवर आयो ।
राजदूत घिमिरे र दूतावासका कूटनीतिक कर्मचारीहरु पूर्ण तयारीका साथ सेन्ट जेम्स पार्क पुगेका थिए । त्यहांबाट उनीहरुलाई बेलायती परम्परा अनुसार बग्गीमा चढाएर दरबारसम्म लाने कार्यक्रम थियो । अब अर्को कार्यक्रम कहिले हुन्छ यकीन छैन ।
आज नेपाल, बंगलादेश र सोमालियाका राजदूतले राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम भएकोमा सबैको रद्द भएको हो ।
यसैबीच, दूतावासले राजासँगको कार्यक्रम नभएपछि साँझ राखिएको ‘रिसेप्सन’ पनि रद्द भएको जनाउंदै असहजताप्रति सबैमा क्षमा याचना गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५