जर्मनी पुगेका वनमन्त्री उच्चस्तरीय भेटवार्तामा व्यस्त


काठमाडौँ, चैत १३ गते । जर्मनी भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुगेका उनले सो अवसरमा आज जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सचिवालयका कार्यकारी प्रमुख साइमन स्टिल साथै, चिली र संयुक्त अधिराज्यका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरे ।
भेट्मा शाहीले नेपालका जलवायु परिवर्तनसम्बन्धी प्राथमिकताबारे छलफल गर्नुका साथै सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गरेका थिए । विगत १४ वर्षदेखि जर्मनी सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।
जलवायु वार्तामा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी भएका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५