शनिबार, चैत १५, २०८१
12:28 | १८:१३

क्याट यूकेको आयोजनामा लन्डनमा दोस्रोपटक रक्तदान कार्यक्रम

नेपाली लिङ्क मार्च २६, २०२५

लन्डन- चितवन एड ट्रस्ट (क्याट) यूकेले दोस्रोपटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी अप्रिल १३ तारिख बिहान ९ देखि ५ बजेसम्म लन्डन सेफहर्ड बुसस्थित वेष्टफिल्ड सपिङ सेन्टर हातामा रहेको डोनर सेन्टरमा कार्यक्रम तय छ।

रक्तदान कार्यक्रमको संयोजन गर्ने जिम्मा क्याट यूके सल्लाहकार यादव श्रेष्ठलाई दिइएको छ भने सहसंयोजक डा सुरज पौडेल तोकिएका छन्।

रक्तदान कार्यक्रममा सहभागी बनेर अरुको जीवन बचाउने अभियानमा योगदान गर्न संयोजक श्रेष्ठले संस्थाका सदस्य एवं बेलायतवासी सबै नेपालीहरुलाई आव्हान गरेका छन्।

रक्तदानका लागि इच्छुक दाताहरुले आयोजकलाई सम्पर्क गरी ४५ मिनेटको सत्र बुक गर्नुपर्ने उनले जनाए। आयोजक टीमका संयोजक श्रेष्ठ 07412537655, सहसंयोजक डा सुरज पौडेल 07825637113, अध्यक्ष कृष्ण तिवारी 07830066566 एवं महासचिव सुर्य तामाङ 07735567548 लाई सम्पर्क गर्न सकिन्छ।

क्याट यूकेले यसअघि सन् २०२१ मा लन्डनमा पहिलोपटक रक्तदान कार्यक्रम गरेको थियो।

एनएचएसका अनुसार बेलायतमा आपतकालिन शल्यक्रिया तथा क्यान्सर बिरामीहरुलाई आवश्यक रगतका लागि दैनिक करिब ५ हजार रक्तदान तथा वार्षिक १ लाख ४० हजार नयाँ दाताहरू आवश्यक हुन्छ।एकजनाको रक्तदानले तीन जनाको जीवन बचाउन सकिन्छ। क्याट यूकेले आफ्नो रक्तदान कार्यक्रमले बेलायती समाजमा सानो भएपनि सहयोग पुग्ने विश्वास लिएको छ।

क्याट यूके सन् २००४ मा भरतपुर अस्पतालमा रक्त अभावका कारण छटपटाइरहेका थेलेसियाका बिरामीहरुलाई रगत आपूर्ति गराउने उद्धेश्यले स्थापना भएको थियो।

संस्थाले नेपालमा विपन्न समुदायहरुमा विशेष गरी जनस्वास्थ्य र शिक्षाको विकासमा योगदान गर्दै आएको छ भने दैवी प्रकोपहरुका बेला आपतकालिन सहयोग पनि गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू