लन्डन- बेलायतमा बस्ने सापकोटा बन्धुहरुले हरेक वर्ष बन्धु भेला आयोजना गर्ने भएका छन्।
सापकोटा समाज बेलायतका संयोजक गोविन्द सापकोटाको अध्यक्षतामा सोमबार सम्पन्न भर्चुअल भेलाले वार्षिक भेला गर्ने निर्णय गरेको हो।
यो वर्षको भेलाका लागि नवीन सापकोटालाई संयोजक तोकिएको तथा भेन्यू र मिति छिट्टै तय गरिने समाजका संयोजक सापकोटाले बताए।
भेलाले बेलायतमा बस्ने सबै सापकोटाहरुलाई संगठित गर्दै जानका लागि तथ्याङ्क संकलन गर्ने र सो प्रयोजनका लागि एक आइटी टीम बनाउने निर्णय गरेको छ।
भेलामा नेपालबाट केन्द्रिय अध्यक्ष कबिन्द्र सापकोटासहित चुडामणि सापकोटा र राजेन्द्र सापकोटा, अमेरिकाबाट रोहिण सापकोटा र किरण सापकोटा लगायतले प्रवास तथा बेलायतमा रहेको सापकोटाहरुको सन्जाललाई शुभकामना दिंदै आवश्यक सहयोगको आश्वासन दिएका थिए।
कार्यक्रम संचालन गोविन्द सापकोटा, मिलन सापकोटा र समिक्षा सापकोटाले गरेका थिए।
यसअघि केही महिनाअघि नै बेलायतमा बस्ने सापकोटाहरु गोविन्द सापकोटाको नेतृत्वमा संगठित भएका थिए।