बुधबार, चैत १२, २०८१
11:53 | १७:३८

इंगल्याण्डको किडरमिन्स्टरमा सम्बोधि ध्यान केन्द्र निर्माण आरम्भ

नेपाली लिङ्क मार्च २५, २०२५

लन्डन – ओशो प्रबोधन दिवस (२१ मार्च) को अवसरमा इंगल्याण्डको किडरमिन्स्टरमा ध्यान, सचेतनता र आत्म-जागृतका लागि समर्पित सम्बोधि ध्यान केन्द्रको आधारशिला राखिएको छ।

यस ध्यान केन्द्रको हृदय र आत्मा माँ सरिता (गंगा माँ) हुन्, जसको दृष्टिकोण, समर्पण र आध्यात्मिक प्रतिबद्धताले यो सपना वास्तविकतामा परिणत भएको छ। स्वामी ओशो उत्सवले आफ्नो गहिरो आभार व्यक्त गर्दै माँ सरिताको नेतृत्व र समर्पणले साधकहरूले सँगै ध्यान गर्न, बढ्न र आन्तरिक शान्ति प्राप्त गर्न स्थलको निर्माण शुरु गरिएको बताए ।

यो ध्यान हलको निर्माणसँगै आध्यात्मिक यात्रामा रहेका साधकहरूका लागि एक शान्त, सुरक्षित र रमणीय ध्यान केन्द्र उपलब्ध हुने छ।

आधारशिला राख्ने समारोहमा स्वामी आनन्द उत्सव र माँ सिमरनले पुरोहितको मार्गदर्शनमा पवित्र विधिहरू सम्पन्न गरे।

समारोहमा युकेभरिका साधकहरू र ओशो प्रेमीहरूको उपस्थिति थियो, जसमा माँ सूर्यकला भारती (ओशो सङ्गम वितरण केन्द्र), माँ प्रमिला भारती (ओशो पंकज ध्यान केन्द्र) लगायतका पुराना ओशो साधकहरू पनि सहभागी थिए ।


‘सबै साधकहरूको लागि एक स्थान’

यो परियोजना प्रेमपूर्ण भावनाद्वारा निर्देशित श्रमको प्रतिफल हो, जसको शुरुवात स्वामी अनन्द उत्सवले २ सेप्टेम्बर २०१७ मा स्वामी अरुणबाट सन्न्यास लिँदा गरेका थिए। माँ सिमरनले उनलाई नि:शर्त समर्थन गरिरहेकी छन्। केन्द्रले ध्यान, सचेतनता र आध्यात्मिक वृद्धिको लागि समर्पित स्थानको रूपमा कार्य गर्नेछ, जसले सबै पृष्ठभूमिका साधकहरूलाई आफ्नो आन्तरिक यात्रा अन्वेषण गर्न स्वागत गर्नेछ।

सम्पर्क विवरण:
ठेगाना: 415/146 स्टार पोर्ट रोड, किडरमिन्स्टर DY11 7BG
सम्पर्क नम्बर: +44 7886 006768 (माँ सरिता)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू