बुधबार, चैत १२, २०८१
राप्रपाले राजधानीकेन्द्रित आन्दोलन गर्ने


नेपाली लिङ्क
मार्च २५, २०२५
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित आन्दोलन घोषणा गरेको छ।
मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्वरूपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
बैठकले चैत २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शन गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए।
बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको विपक्षमा शान्तिपूर्ण रूपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको लिङ्देनले जानकारी दिए।
त्यस्तै, आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए।
बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयप्रति विरोध प्रकट गर्ने निर्णय गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५