प्राधिकरणका नयाँ निर्देशकले भने- लोडसेडिङको हल्ला निराधार


काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन्।
प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि उनले आफूले न्याय पाएको बताए। यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए।
शाक्यले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाए। लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने उनले प्रष्ट पारे। शाक्यले दुई हप्ताभित्र केही सकारात्मक नतिजा देखिने गरी काम गर्ने बताए।
शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका बिषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दाबी गरे।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५