आइतबार, चैत ९, २०८१
10:07 | १५:५२

एनआरएनए यूके एकता अधिवेशन सम्बोधन गर्न डा घले बेलायतमा

नेपाली लिङ्क मार्च २२, २०२५

लन्डन- सर्वोच्चको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा शेष घले लन्डन आइपुगेका छन्।

आइतबार अलडरसटमा तय एनआरएनए यूके एकता अधिवेशनलाई सम्बोधन गर्न उनी शनिबार बिहान लन्डन आइपुगेका हुन्।

एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, एनआरएनए आइसिसी उपाध्यक्ष थर्क सेनलगायतले डा घलेलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए।

घलेको स्वागतका लागि एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार भरत क्षेत्री, अधिवेशन आयोजक मूल समिति सदस्यसचिव आरके त्रिपाठी, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, तमुधिं यूके पूर्व अध्यक्षहरु रामचन्द्र सुर्जे गुरुङ र ज्ञाम गुरुङ, बुद्धिजिबी एकेन्द्र गुरुङसहितका अभियन्ता पनि हिथ्रो पुगेका थिए।

एनआरएनए यूके एकता अधिवेशनका लागि आएका घले दुई दिन मात्रै बेलायतमा रहनेछन् । उनले आगामी मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा तय एनआरएनए केन्द्रको एकता अधिवेशन सफल बनाउन अपिल गर्ने कार्यक्रम छ।

एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्रीले डा घलेको आगमनले बेलायतमा एकता अधिवेशनका लागि उत्साहपूर्ण वातावरण बनाएको बताए ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा घलेको प्रमुख आतिथ्यमा आइतबार अल्डसटको द प्यालेसमा हुने एकता अधिवेशनमा सहभागी हुन बेलायतवासी सबै गैरआवासीय नेपालीलाई आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू