शुक्रबार, चैत ७, २०८१
16:09 | २१:५४

मनोक्रान्ति यूकेको आयोजनामा डा विकासानन्दले प्रवचन दिंदै

नेपाली लिङ्क मार्च २०, २०२५

लन्डन । मनोक्रान्ति टिम यूकेको आयोजनामा यही मार्च २२ तारिख स्वस्थ र आनन्द जीवन जिउने कला (स्ट्रेस म्यानेजमेन्ट) बारे भर्चुअल कार्यक्रम गरिने भएको छ ।

मनोक्रान्ति प्रणेता गुरु डा योगी विकासानन्दले बेलायतको समय बिहान ७ देखि ८ बजेसम्म प्रवचन दिने मनोक्रान्ति टिम यूकेले बताएको छ ।

करिब चार दशकदेखि योग, प्राणायाम तथा ध्यानमा सक्रिय योगी विकासानन्दले ‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नु छ’, ‘आफ्नो लागि साधना र अरुका लागि सेवा’ जस्ता संकल्पसहित मनोक्रान्ति अभियान अन्तर्गत प्रवचन तथा ध्यानलगायत अध्यात्मिक साधनालाई निरन्तरता दिँदै आइरहेका छन् ।

कार्यक्रममा बेलायत साथै नेपाल, नेदरल्याण्ड, पोर्चुगल, जर्मन, स्पेनलगायत युरोपियन मुलुकबाट मानिसहरु सहभागी हुने छन् । निशुल्क रुपमा सहभागी हुन सकिने उक्त प्रवचनमा सहभागिता जनाउनेका लागि जुम आइडी उपलब्ध गराइने आयोजकले बताएको छ ।

सहभागिताका लागि जुम मिटिङ आइडी 990 628 5923 र पासवर्ड 999 प्रयोग गरेर कार्यक्रममा जोडिन सकिनेछ । मनोक्रान्ति टिम यूकेले स्वस्थ र आनन्द जीवन जिउने कलाबारे बेलाबखत विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू