आइतबार, चैत २, २०८१
20:56 | ०२:४१

नेपालका तेक्वान्दो खेलाडी महत लन्डनमा सम्मानित

नेपाली लिङ्क मार्च १५, २०२५


लन्डन– नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले नेपाली राष्ट्रिय खेलाडी फारम बहादुर महतलाई सम्मान गरेको छ ।

यूकेको हाइवेकमस्थित डल्फिन आइ रेष्टुरेन्टमा आयोजित विशेष समारोहमा महतको खेलकुद क्षेत्रमा योगदान तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको सहभागितालाई कदर गरिएको हो ।

सो अवसरमा नेपालका पूर्व विश्व कीर्तिमानी क्योकुसिन च्याम्पियन सुरज कार्की एवं संघका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले महतलाई औपचारिक रुपमा स्वागत सम्मान गरे ।

महत आइटीएफ तेक्वान्दो लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आएका हुन् । साथै उनी आगामी अक्टोबरमा इटालीमा हुने विश्व च्याम्पियनसीपमा प्रतिष्पर्धा गर्न लागेका छन् ।

गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो नेपालका प्रमुख प्रशिक्षक तथा राष्ट्रिय प्रदर्शन संयोजक महतले नेपालको तेक्वान्दो खेल विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

संघका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले महतलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गर्दै उनको आगामी प्रतियोगिताका लागि शुभकामना दिए ।

संघका उपाध्यक्ष तथा कीर्तिमानी खेलाडी सुरज कार्कीले महतको समर्पणको प्रशंसा गर्दै खेलमार्फत नेपाली युवालाई प्रेरित र समर्थन गर्ने उनको योगदान महत्वपूर्ण रहेको बताए।

महतले कार्यक्रमका सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी राजेश कार्की लागायत यूकेस्थित व्यवसायी, पत्रकार तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू