बेलायतको प्रेस्टनमा विद्यार्थीले खेले होली


लन्डन । बेलायतमा पनि बिहीबार फागु पूर्णिमा अर्थात् होली पर्व मनाइएको छ । नेपालको हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको होली यता प्रेस्टनका विद्यार्थीले पनि मनाए । विद्यार्थीले फागु खेलेर नाचगान समेत गरेका थिए ।
दारी ग्याङको आयोजनामा प्रेस्टनको मिलर्स पार्कमा होली खेलिएको हो । दारी ग्याङ यूकेका अध्यक्ष सुशील गौतमले कार्यक्रम शुरुवात गरेका थिए । दारी ग्याङका सल्लाहकार तथा बिज एजुकेसनका निर्देशक हरि कार्कीले सबैलाई होलीको शुभकामना दिए ।
युवा व्यवसायी कार्कीले नेपाली कला संस्कृति नै हाम्रो पहिचान हो भन्ने मूल नाराका साथ होली मनाइएको पनि बताए ।
हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ। तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५