बुधबार, फागुन २८, २०८१
18:01 | २३:४६

रोहित, सन्दीप र दिपेन्द्रसहित पाँच खेलाडीको मासिक तलब १ लाख

नेपाली लिङ्क मार्च १२, २०२५

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित पाँच खेलाडी वर्गीकरणको श्रेणी ‘ए’ मा परेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार सार्वजनिक गरेको खेलाडीको नयाँ वर्गीकरणमा पुरुषतर्फ ‘ए’ मा पर्नेमा कप्तान रोहित, सन्दीप, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेख छन् ।

यसअघि श्रेणी ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल ‘बी’ मा झरेका छन् । क्यानले खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, राष्ट्रिय र इमर्जिङ गरी विभिन्न श्रेणीमा विभाजन गरी सेन्ट्रल कन्ट्याक्टमा राखेको हो ।

जसअनसार ‘ए’ मा रहने खेलाडीको मासिक तलब एक लाख, ‘बी’ को ७० हजार, ‘सी’ को ५५ हजार, राष्ट्रियको ३५ हजार र इमर्जिङको २५ हजार रुपियाँ छ । श्रेणी ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह छन् । अनिल पहिलो पटक श्रेणीमा परेका हुन् ।

यस्तै क्यानले महिलातर्फ ‘ए’ श्रेणीमा कप्तान इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगरलाई समावेश गरेको छ । महिलातर्फ ‘ए’ मा रहने खेलाडीको मासिक तलब ५० हजार, ‘बी’ को ३५ हजार, ‘सी’ को २५ हजार र ‘डी’ को २० हजार रुपियाँ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू