एनआरएनए यूके एकता अधिवेशनमा एनपीसीसी यूकेको ऐक्यवद्धता


लन्डन । गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा अल्डरसटमा गर्न लागेको एकता अधिवेशनलाई नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले सहयोग गर्ने भएको छ ।
सभापति युवराज सिंहको अध्यक्षतामा आइतबार सम्पन्न ‘भर्चुअल’ कार्यसमिति बैठकले प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूके एकता अधिवेशनलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको हो ।
सभापति सिंहले सम्मानित सर्वोच्च अदालतले २०८० चैत २१ गते एकता महाधिवेशन गर्न दिएको आदेशलाई स्वागत गर्दै एनआरएनए यूके अधिवेशनमा ऐक्यवद्धता जनाउने निर्णय भएको बताए ।
‘जनसम्पर्क समितिले अधिवेशनमा सहभागितासहित आफ्ना सदस्यहरु र अरु समुदायसमक्ष सदस्यता लिन आव्हान गर्ने निर्णय भएको छ’, सिंहले भने- ‘यो एनआरएनएलाई एक ढिक्का बनाउने ऐतिहासिक अवसर भएकाले हामीले साथ दिने निर्णय गरेका हौं । सबै मिलेर सफल पारौं ।’
अल्डरसटस्थित प्यालेस हलमा हुने अधिवेशनका लागि नेपालबाट डा. शेष घले र वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने समेत सहभागी हुने कार्यक्रम छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५