सोमबार, फागुन २६, २०८१
20:10 | ०१:५५

राजधानीमा पूर्वराजालाई भव्य स्वागत, हजारौं समर्थक भेला (तस्विरहरु)

नेपाली लिङ्क मार्च ९, २०२५

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानीमा भव्य स्वागत गरिएको छ। पोखराबाट चार्टर विमानमा आइतबार दिउँसो काठमाडौं आइपुगेका पूर्वराजालाई उनका समर्थकहरूले भव्य स्वागत गरेका हुन्।

पूर्वराजाको स्वागतका लागि हजारौं संख्यामा समर्थक विमानस्थल पुगेका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए।

पूर्वराजाको स्वागतअघि राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए। काठमाडौंका विभिन्न स्थानबाट आएको जुलुस विमानस्थल पुगेको थियो।

हेरौं तस्विरहरु:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू