सोमबार, फागुन २६, २०८१
01:34 | ०७:१९

रेडिङ नेपाली समाज यूकेको नेतृत्वमा पुनः भीमसेन खड्का

नेपाली लिङ्क मार्च ९, २०२५

लन्डन । रेडिङ नेपाली समाज यूकेको नेतृत्वमा पुनः भीमसेन खड्का चयन भएका छन् । रेडिङस्थित पाकिस्तानी कम्युनिटी हलमा हालै सम्पन्न महाधिवेशनले खड्का नेतृत्वको नयां कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओमकार अधिकारी, कल्पना पण्डित, बालकृष्ण दाहाल, प्रेम गुरुङ, लक्ष्मण श्रेष्ठ र यादव श्रेष्ठ चयन भएका छन् । यसैगरी महासचिवमा डा. भरत पौडेल, कोषाध्यक्षमा सरोज थापा, सह–कोषाध्यक्षमा जगन्नाथ सापकोटा र सचिवमा सुवास चौलागांई चुनिए ।

युवा तथा खेलकुद संयोजकमा मिन गुरुङ र सदस्यहरुमा चेत रेगामी, विनस रिजाल, इन्द्र कमल लिम्बु, हिम्मत सिटौला, सुरेन्द्र उप्रेती, सिता सापकोटा तिवारी, मनोहर थापा, अजीत सेढाईं, मन प्रसाद लिम्बु, सुधांसु मल्ल, पुरुषोत्तम आचार्य, महेश निरौला, महेन्द्र आले र सह सदस्यहरुमा गोविन्द उप्रेती र सुरेश राना छन्।

निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक कृष्ण न्यौपानेले शपथ गराएका थिए । शपथपछि निर्वाचन आयुक्तहरु मान गुरुङ, राम गलामी र रामेश्वर थापाले बधाई तथा शुभकामना दिए ।

पूर्व अध्यक्ष टेक गुरुङ तथा सल्लाहकार सोव रेगामी र चन्द्र बुढाथोकीले समेत नयां कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

अध्यक्ष भीमसेन खड्का

यसअघि संस्थापक प्रथम महिला बत्ति गुरुङ र अध्यक्ष भिमसेन खड्काले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरि अधिवेशन उद्घाटन गरेका थिए । समाजका उपाध्यक्ष सुरेश थापाले स्वागत मन्तव्य दिए ।

प्रथम संस्थापक सदस्य तथा सल्लाहकार विश्व आदर्श पण्डित र सल्लाहकारहरु राम गलामी, मान गुरुङ, महेन्द्र घले गुरुङ र एलबी सुब्बाले शुभकामना मन्तब्य राखेका थिए ।
यसैगरी नव आगन्तुक आजीवन सदस्य बिना थापा र युवाको तर्फबाट सूर्य भण्डारीले आ–आफ्नो मन्तव्य राखेका थिए ।

समारोहमा समाजका विभिन्न कार्यक्रममा स्वयं सेवा गर्नेलाई प्रशंसापत्र तथा नयां आजीवन सदस्यता लिएका सदस्यहरुलाई सदस्यता कार्ड पनि वितरण गरियो । समारोहमा ज्येष्ठ नागरिकहरुका लागि सुनौलो लठ्टी समेत वितरण गरिएको थियो ।

उद्घाटन समारोहको दोस्रो सत्रमा महासचिव ओमकार अधिकारीले दुई वर्षको कार्य प्रगति विवरण र कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतिवेदन पेश गरे । सभाले दुवै प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको थियो । सभामा प्रस्तुत गरिएको आगामी कार्यसमितिको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव पनि अनुमोदन भएको छ ।

अन्त्यमा नवनिर्वाचित अध्यक्ष भिमसेन खड्काले सबैलाई धन्यवाद दिंदै आगामी कार्यकालमा समेत साथ सहयोग पाउने आशा व्यक्त गरे । उक्त कार्यक्रम सञ्चालन ओमकार अधिकारीले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू