आइतबार, फागुन २५, २०८१
00:39 | ०६:२४

बुद्ध एयरको एउटा पाङ्ग्रा आकाशमै हराएकोबारे जाँचबुझ

रासस मार्च ६, २०२५

काठमाडौँ, फागुन २२ गते। जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ।

बिहीबार अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, “एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए ।

“जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू