गोर्खा मेमोरियल फण्ड यूके ट्रष्टीहरुको राजदूतसंग भेटघाट


लन्डन । बेलायतमा दर्ता भएको च्यारिटी संस्था ‘द गोर्खा मेमोरियल फण्ड यूके’ ले बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग भेटघाट गरेको छ ।
फण्डका अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङको नेतृत्वमा ट्रष्टीहरुले २९ फेब्रुअरीमा राजदूतसंग भेट गरि संस्थाको च्यारिटी गतिविधि तथा उपलब्धिहरूबारे जानकारी गराएका छन् ।
भेटघाटमा फन्डले नेपाल र यूकेका समुदायहरूलाई स्वास्थ्य, शिक्षा र कम्प्युटर प्रविधि जस्ता क्षेत्रमा गरेको योगदानबारे अवगत गराएको थियो ।
भेटघाटका क्रममा फण्डका अध्यक्ष गुरुङले अक्टोबर ५ मा आयोजना हुने फन्डको १०औं वार्षिकोत्सवका लागि राजदूत घिमिरेलाई निमन्त्रणा समेत गरे । साथै, उनले मेचीनगर र फोकस्टन टाउनबीच मितेरी सम्बन्ध स्थापनाको ५ वर्षे कार्यकाल आफूले लिड गरेकामा उक्त जिम्मेवारी गत २२ फेब्रुअरीमा फोकस्टन टाउन मेयर काउन्सिलर अबिना काफु केलीलाई हस्तान्तरण गरेको जानकारी दिएका थिए ।
टाउनले चांडै नयां कार्यसमिति गठन गर्ने पनि उनले राजदूतसमक्ष अवगत गराएका थिए । गोर्खा मेमोरियल फण्ड अब ट्वीनिङ सिटीको सल्लाहकार भूमिका निर्वाह गर्नेछ ।
फण्डका यूके प्रोजेक्ट कोअर्डिनेटर रे जोन्सनले दुवै देशबीचको सम्बन्ध अझ मजबुत बनाउने र नेपालमा आवश्यक परेका विद्यार्थीलाई शिक्षा र अन्य क्षेत्रमा सहयोग पुरयाउने उद्देश्यलाई थप प्रभावकारी बनाउने अवसर मिलेको भन्दै खुशी व्यक्त गरे ।
राजदूत घिमिरेले गोर्खा मेमोरियल फण्डले गरेको योगदानको सह्राना गर्दै भविष्यमा पनि यस्ता कार्यहरु जारी राख्न दूतावासले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आफूहरु यस्ता कार्यमा सहयोग गर्न सधैं तयार रहेको जानकारी राजदूत घिमिरेले दिए ।
हाल फण्डको नेतृत्व गरिरहेका धन गुरुङ नेपाली तथा गोर्खा समुदायको उल्लेखनीय बसोबास रहेको फोकस्टनबाट निर्वाचित पहिलो नेपालीमूलका काउन्सिलर हुन् । उनी फोकस्टनमा आधुनिक गोर्खा योद्धाको मूर्ति बनाउने व्यक्ति समेत हुन् ।
फन्डले अहिलेसम्म ८ लाख पाउण्ड बढी रकम संकलन गरि फोकस्टनमा गोर्खा स्मारक निर्माण र नेपालमा ५ वटा विद्यालयमा कम्प्युटर प्रविधि परियोजना सम्पन्न गरि छैटौं अहिले प्रोजेक्ट गर्न कोष संकलन गरिरहेको छ ।
फन्डले नेपालको झापास्थित मेचीनगरका ४ वटा ग्रामीण विद्यालय र बलभद्र मावि थवाङ रोल्पामा कम्प्युटर प्रविधि केन्द्र स्थापना गरेर शैक्षिक योगदान गर्दै आएको छ ।
उक्त च्यारिटी संस्थाले गत १२ जनवरी २०२५ मा धुलाबारी माध्यमिक विद्यालय, मेचीनगर झापामा पांचौं कम्प्युटर प्रविधि केन्द्र स्थापना गरेको थियो । फण्डले नेपाली तथा गोर्खा समुदायलाई सहयोग गर्न विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । उसले दाताहरूबाट आर्थिक सहयोगको अपिल गरेको छ ।
यसैबीच, फण्डले आसन्न प्रोजेक्टका लागि व्यापारिक क्षेत्रलाई आर्थिक सहयोग गर्न आह्वान समेत गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५