लन्डनकी धावक अन्जुले सम्पन्न गरिन् विश्वकै ठूला ६ म्याराथन


लन्डन- लन्डनबासी नेपाली महिला तेजमाया रेग्मी सिग्देल (अन्जु) ले विश्वकै ठूला ६ म्याराथन पूरा गरी ६ संयुक्त मेडल हासिल गर्न सफल भएकी छन्।
उनले गत २ मार्च आइतबार टोकियो म्याराथन सम्पन्न गरेर आफ्नो जीवनको दौड सपना पूरा गरेकी हुन् ।
नेपालको एभरेष्ट म्याराथन र अन्नपूर्ण म्याराथन समेत पूरा गरिसकेकी अन्जु विश्वकै ठूला ६ म्याराथन दौड सफलतापूर्वक सम्पन्न गर्ने नेपालीमूलकी सम्भवत: दोश्रो महिला हुन्।
अन्जुले यसअघि बोस्टन, लन्डन, बर्लिन, सिकागो र न्यूयोर्क म्याराथन सम्पन्न गरिसकेकी थिइन् ।
‘म निकै खुशी छु । सपना सांच्नु पर्छ असम्भव केही रहेनछ भन्ने महशुस भएको छ’- अन्जुले भनिन् ‘मेरो दौड यात्रामा सधैं हौसला दिने श्रीमान र परिवारप्रति आभारी छु ।’
सन् २०२० मा म्याराथन दौड सुरु गरेकी उनले हालसम्म १२ फुल म्याराथन सकिसकेकी छन्।
उनले यस अघि एभरेष्ट म्याराथन गर्ने क्रममा नेपालको सुदुर पस्चिमको सुर्खेतमा अवस्थित बादी बालबालिकाको सहयोगको लागि चन्दा उठाएर सहयोग गर्न सकेको क्षण आफ्नो जिवनको सबैभन्दा गौरवपूर्ण अनुभव मानेकी छन् र यसमा सहयोग गर्ने सबैलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छिन्।
यूके एथलेटिक्समा रजिष्टर्ड नेपाल रन यूकेकी कृयाशिल सदस्य, लायन्स क्लव अफ नारायणगढ दियालो र नेपलिज ब्रिटिश कम्युनिटी यूकेकी कार्यकारी ट्रष्टी मेम्बर समेत रहेकी अन्जु विभिन्न परोपकारी कार्यमा पनि क्रियाशील छन्।
जापानको टोकियो म्याराथनको अवसर दिलाउने टोकियो म्याराथन लिगेसी नामक च्यारिटी संस्था र चन्दा दिएर यस च्यारिटीका लागि केही रकम जुटाउन सहयोग गर्ने सबैप्रति आफू निकै कृतज्ञ भएको उनले बताइन् ।
महिलालाई म्याराथनमा भाग लिन प्रेरित गर्ने र महिला स्वास्थ्यमा खेलकुद, दौड जस्ता शारिरीक व्यायामले पुग्ने फाइदाबारे आम महिलामा चेतना जगाउने जमर्को आफूले गर्न चाहेको अन्जु बताउंछिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५