इस्लाम धर्मावलम्बीको एकमहिने रोजा सुरु


महोत्तरी— इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’(उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभर उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो ।
हिजरी (उर्दू) संवत्को पात्रोअनुसार रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो ।
रमजान इस्लामिक परम्पराको हिजरी संवत्अनुसार नवौं महिना हो । यस महिनामा गरिने व्रत, उपवास (रोजा) अत्यन्त पूण्यदायक हुने इस्लाम मान्यता छ । बाल, वृद्ध, अशक्त बिरामीबाहेक सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ ।
सूर्योदयको एकघडी अगाडिदेखि सूर्यास्तको एक घडीपछिसम्म अन्न, पानी केही नखाई दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ ।
एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी संवत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन ईद–उल–फित्र पर्व मनाउने इस्लाम परम्परा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५