बुधबार, चैत १९, २०८१
21:53 | ०२:३८

बेलायती सैनिकहरुले डोको दौड गरी च्यारिटीलाई जुटाए सहयोग

नेपाली लिङ्क मार्च १, २०२५

लन्डन- बेलायती सेनाको इन्फेन्ट्री रेजिमेण्ट ‘द रोयल रेजिमेण्ट अफ फुजिलियर्स’ का सदस्यहरुले च्यारिटी डोको दौड गरेका छन्।

टिडवर्थस्थित ‘१ आरआरएफ मुल्टन ब्यारेक’ का ४० सैनिकले गत सोमबार ५ किमी डोको दौड च्यालेञ्जमा सहभागी भएर च्यारिटीका लागि झन्डै ९ सय पाउण्ड संकलन गरेका छन्।

संकलित रकमबाट ६ सय १० पाउण्ड गोर्खा वेल्फेयर ट्रष्ट तथा २ सय ७१ पाउण्ड सेलिस्बरी हस्पिटलको च्यारिटी फन्डमा सहयोग गरिएको छ।

गोर्खा सैनिकहरुबाट प्रेरित डोको दौडको संयोजन पिटीइ सुरेन्द्र गुरुङले गरेका थिए।

गुरुङका अनुसार सहभागी सैनिकले ५, १० र १५ किलोसम्मको तौलसहित डोको बोकेर दौडमा भाग लिएका थिए जसमध्ये १५ किलो तौलसहित दौडिनेमध्ये प्रथम हुनेले पुरस्कारस्वरूप नेपाली गोर्खा खुकुरी प्राप्त गरेका थिए।

दौडअघि सहभागी सैनिकहरुको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्धेश्यले एक हेल्थ क्याम्प पनि संचालन गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू