शुक्रबार, फागुन १६, २०८१
‘ए’ डिभिजन लिग खेल्न एन्जिला ग्रिस प्रस्थान


रासस
फ्रेब्रवरी २८, २०२५
काठमाडौँ — अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका हुन् ।
एन्जिलाले ग्रिसमा निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् ।
यही फागुन १४ गते भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलीसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५