बुधबार, फागुन १४, २०८१
12:58 | १८:४३

५० लाख डलर तिर्नेलाई सिधै अमेरिकी ग्रिनकार्डसरहको ‘गोल्डकार्ड’ दिने ट्रम्पको प्रस्ताव

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२५

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ मिलियन डलर शुल्क तिर्नेलाई अमेरिकाको ग्रिनकार्ड जस्तै स्थायी बासिन्दाको मान्यता दिने गोल्डकार्ड दिने प्रस्ताव ल्याएका छन्।

राष्ट्रपति ट्रम्पले मंगलबार आफ्नो प्रशासनले ५ मिलियन डलर मूल्यको गोल्ड कार्ड प्रस्ताव गर्ने योजना बनाएको घोषणा गरेका हुन् । यो कार्ड किन्ने व्यक्तिहरूलाई अमेरिकाको स्थायी बासिन्दाको मान्यता दिइनेछ ।

यो गोल्ड कार्डले ग्रिनकार्ड सरह स्थायी बासिन्दाको मान्यता दिनेछ । यद्यपि यसलाई ग्रिनकार्डको साटो गोल्डकार्ड भनिनेछ ।

नयाँ प्रणालीले विद्यमान रोजगारमा आधारित पाँचौं श्रेणीको कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ । सन् १९९० मा मा सुरु गरिएको रोजगारमा आधारित पाँचौं श्रेणीको कार्यक्रमले अमेरिकामा लगानी गरेका व्यक्तिहरूलाई ग्रीन कार्ड प्रदान गर्दछ ।

ग्रिनकार्डवाहकले जस्तै गोल्डकार्डवाहकले पनि योग्यता पुगेपछि अ‍ेरिकाको नागरिकता प्राप्त गर्न सक्नेछन् ।

ट्रम्प प्रशासनले संसदको स्वीकृतिबिना अवस्थित कार्यक्रम समाप्त गर्न वा परिवर्तन गर्ने नगर्ने प्रस्ट छैन । ट्रम्पले भने -“हामी गोल्ड कार्ड बेच्न गइरहेका छौं । यसले अर्थतन्त्रलाई बलियो बनाउने विश्वास छ। धनीहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन्, तिनीहरू धनी हुनेछन् र तिनीहरू सफल हुनेछन् । तिनीहरूले धेरै पैसा खर्च गर्नेछन्, धेरै कर तिर्नेछन् र धेरै मानिसलाई रोजगारी दिनेछन्।”

अमेरिकाले १ मिलियन वा त्योभन्दा बढीको संख्यामा गोल्डकार्डहरु बेच्नसक्ने ट्रम्पले बताएका छन् । गोल्ड कार्ड कार्यक्रमले धनीहरूलाई रोजगारी सिर्जना नगरी वा व्यवसायहरू निर्माण नगरी अमेरिका प्रवेश गर्न र स्थायी बासिन्दाका रुपमा बस्न अवसर दिनेछ । त्यस अर्थमा यो संसारभरका धेरै गोल्डेन भिसा कार्यक्रमहरू भन्दा फरक छ ।

गोल्डेन भिसामा सामान्यतया घर जग्गा खरिद वा अन्य घरेलु लगानी आवश्यक पर्दछ । कतिपयले परोपकारी दान गरेर वा बैंक खाता खोलेर बस्ने अनुमति दिन्छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू