लन्डनमा एउटै स्टेजमा कमेडी र कन्सर्ट तयारी, ब्याण्ड चिन्नेलाई पुरस्कार !


लन्डन । माया इभेन्ट्सले आउंदो २७ अप्रिल सांझ लन्डनमा एउटै स्टेजमा कमेडी र कन्सर्ट गर्ने भएको छ ।
ह्यारो लिजर सेन्टरमा आयोजना हुने ‘लाफ्टर फर लाइफ लाइभ इन लन्डन’ मा आउंदैछन् महानायक राजेश हमाल र मिष्टर ह्याप्पी उपनामले परिचित लोकप्रिय हांस्यकलाकार सन्दीप क्षेत्री ।
हमाल र क्षेत्रीको विश्व टुर अन्तर्गत पहिलो यात्रा लन्डनबाटै शुरु हुनेछ । यही शोमा पहिलोपटक महानायक राजेश हमाल कमेडियनका रुपमा स्टेजमा प्रस्तुत हुने माया इभेन्ट्सका निर्देशक राज पाण्डेले जनाए । राजेश सन्दीपले स्ट्याण्डअप कमेडीबाट दर्शक हसाउंनेछन् ।
उता, यही कार्यक्रममा नेपालका एक चर्चित गायक पहिलोपटक आफ्नो व्याण्डसहित प्रस्तुत हुने पाण्डेले बताए । ‘हामीले दर्शकहरुलाई एकै स्टेजमा हांसोका साथ संगीतको मज्जा पस्कन लागेका हौं’, उनले भने ।
‘लाफ्टर फर लाइफ’ मा सहभागी हुने व्याण्डको नाम बताउने एक भाग्यशाली दर्शकलाई इभेन्टसको टिकट निशुल्क दिइने माया इभेन्ट्सले जनाएको छ । २६ फेब्रुअरी बुधबार बिहान १० बजेसम्म उक्त व्याण्डको नाम दिनुपर्नेछ ।
ब्यान्डको सही नाम अनुमान गरेर लक्की ड्रमा सहभागी बन्नका लागि आयोजक माया इभेन्ट्सको अफिसियल पेजमा जान यो लिंकमा क्लिक गर्न सकिनेछ ।
माया इभेन्ट्सले गत वर्ष लन्डनमा इन्फा फिल्म अवार्डस् कार्यक्रम सफलतापूर्वक गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५