बिसीसी यूके अध्यक्ष चुनिए आङ्देवा शेर्पा


लन्डन । बिसीसी यूकेको छैंटौं कार्यसमितिको अध्यक्षमा आङ्देवा शेर्पा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले शेर्पालाई अध्यक्ष चुनेको हो । पाँचौं कार्यसमितिमा उनी वरिष्ठ उपाध्यक्ष थिए ।
नयां कार्यसमितिको उपाध्यक्षमा रविन गुरुङ, क्या. देव घले, मेजर हितमान गुरुङ, महासचिवमा मेजर कुमार गुरुङ एमभीओ, सचिव मेजर सकर गुरुङ, कोषाध्यक्ष मे. बलदेव तामाङ, सहकोषाध्यक्षमा रिन्जी शेर्पा लगायत पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन्।
निर्वाचित कार्यसमितिलाई गुम्बाका मुल गुरु खेम्पो यान्जी सेनाङले शपथग्रहण गराएका थिए भने नवनिर्वाचित कार्यसमितिको घोषणा निर्वाचन आयुक्त पूर्व अध्यक्ष नरेश गुरुङले गरेका थिए । नरेश गुरुङ, मे. खुशी मान गुरुङ, ले. नारायण गुरुङ, धर्म तामाङ र ज्ञानु गुरुङ सम्मिलित पाँच सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।
निवर्तमान अध्यक्ष हर्कबहादुर गुरुङले खादा लगाई नव निर्वाचित अध्यक्ष र कार्यसमितिलाई वधाई एवं शुभकामना दिए । उनले आफ्नो कार्यकाल सफल बनाउने समस्त कमिटीलाई धन्यवाद पनि दिए ।
अधिवेशनमा संस्थाका ट्रष्टीहरू, सल्लाहकारहरू, आमा समूह, कार्यसमिति, तमुधिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, तमु प्रतिष्ठान नेपालका अध्यक्ष क्या. राजु गुरुङको आदिको उत्साहजनक उपस्थिति थियो ।
उक्त कार्यक्रम बिसीसी यूके अल्डरसटमा निवर्तमान अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता तथा महासचिव मे. हितमान गुरुङले सञ्चालन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५