ब्रिटिश गोर्खाहरुको नागरिकता सम्बन्धि संशोधन विधेयकलाई पूर्णरुप


काठमाडौं—ब्रिटिश गोर्खाहरुको नेपाली नागरिकता संशोधन विधेयक दर्ता गर्नु अघि अन्तिम तयारी बैठक भएको छ ।
२० फेब्रुअरी बिहान भएको उक्त बैठकमा संशोधन विधेयकलाई पूर्णरुप दिइएको ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समितिले जनाएको छ ।
उक्त बैठकमा सांसद सुशीला श्रेष्ठसहित संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता योगिता राईका साथ समितिका तर्फबाट प्रमुख सल्लाहकार तथा सत्याग्रह प्रमुख संयोजक कृष्णबहादुर राई र समितिका नेपाल सह-संयोजक फूर्बागर्ज शेर्पाको सहभागिता थियो ।
संशोधित विधेयकले ब्रिटिश गोर्खाहरुको नेपाली राष्ट्रियता जोगाउन ऐतिहासिक सफलता प्राप्त गर्ने विश्वास समितिको छ।
‘यो सबै गोर्खा समुदाय निस्वार्थ रुपमा जागरुक हुने महत्वपूर्ण घडी हो’- गोर्खा अभियन्ता सन्तोष थलङले भने ।
समितिले बुधबारमात्र सुशासन तथा राज्य ब्यवस्था समितिका सभापति रामहरि खतिवडासहित आधा दर्जन सांसदहरुसंग एक विशेष बैठक गरि महत्वपूर्ण छलफल गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५