पाकिस्तानको सैन्य कारबाहीमा ३० आतङ्ककारी मारिए



फाइल तस्विर
खैबर पख्तुनख्वा- पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा ३० आतङ्ककारीलाई मारेको छ ।
इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिबारे विश्वसनीय गुप्तचर रिपोर्टपछि मङ्गलबार राती अपरेशन सुरु गरिएको थियो ।
आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्ककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको बताएको छ ।
“पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् । हाम्रा सुरक्षा बलहरूको बलिदानले हाम्रो सङ्कल्पलाई अझ बलियो बनाउँछ,” आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले यस कारबाहीका लागि सुरक्षा बलको प्रशंसा गरे ।
पाकिस्तानका राष्ट्रपतिले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान समूह (टीटीपी) लाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो सङ्कल्प पुनः पुष्टि गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५