बिहीबार, फागुन ८, २०८१
20:53 | ०२:३८

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ को मृत्यु

रासस/ सिन्ह्वा फ्रेब्रवरी १६, २०२५

नयाँ दिल्ली, फागुन ४ गते । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड हुँदा १४ महिला र तीन बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको छ ।२५ भन्दा बढी घाइते भएका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।

गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल ‘त्रिवेणी सङ्गम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो ।

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरुलाई आवश्यक उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू