बुधबार, फागुन ७, २०८१
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा जले उपप्रधान तथा अर्थमन्त्री, अस्पताल भर्ना


नेपाली लिङ्क
फ्रेब्रवरी १५, २०२५
काठमाडौं– पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य अस्पताल भर्ना भएका छन् ।
दुवैलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।
अर्थमन्त्री पौडेलको हात र मेयर आचार्यको अनुहारको केही भाग तथा कपाल जलेको बताइएको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो।
सोही क्रममा ड्यासमा रहेका अतिथीहरु जलेका थिए ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत । तस्वीर- वासुदेव पौडेल/रासस
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५