बेलायतमा हिरा र लक्जरी घडीको व्यापार गर्ने पहिलो नेपाली (भिडियो)
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लन्डन- बेलायतमा नेपाली व्यवसाय थपिने क्रम बढ्दो छ । नौलो व्यवसाय खोलेर नयांपन दिन पनि कम छैनन् नेपाली । त्यसको एक उदाहरण हुन् व्यवसायी तथा समाजसेवी सुमन राई।
राईले नेपालीहरु अत्यधिक बस्ने बेलायतको अल्डरसटमा अनुग्रह बुलियन खोलेका छन् ।
करिब डेढ मिलियन पाउण्ड लगानीमा गत वर्ष जुलाईबाट शुरु भएको अनुग्रह बुलियन हिराका गरगहना विक्री गर्ने यो नै नेपालीको एकमात्र र पहिलो व्यवसाय रहेको सुमन बताउंछन् ।
यहां कांचो सुनको होलसेल साथै रोलेक्स, कार्टियर जस्ता लक्जरी वाच र हिराको गरगहना समेत विक्री वितरण गरिन्छ ।
अनुग्रह बुलियनमा ५ हजार पाउण्डदेखि डेढलाख पाउण्डसम्मका घडी छन् । हिरा (डायमण्ड) को एउटा हार सेटलाई मात्र २१ हजार ३५५ पाउण्ड हाराहारी पर्छ । ग्राहकले विशेष गरि हिराको औंठी एवं नाक, कान, घांटीमा लगाउने गरगहना बढी किन्ने राईले बताए ।
यससंगै अनुग्रहमा मूल्यवान गरगहना राख्न ग्राहकलाई भल्ट (लकर) सुविधा पनि उपलब्ध छ ।
‘भल्ट नेपालीले धेरै प्रयोग गर्ने गरेपनि गरगहना विदेशीले नै खरिद गर्छन्’, व्यवसायी राई भन्छन्, ‘विदेशीले कांचो सुन बढी किन्छन् । सर्टिफाइ गरेका गरगहना बेचिने भएकाले पनि हामीले सबैको विश्वास जितेका छौं ।’
अनुग्रह बुलिउनलाई डायमण्ड विक्रीका लागि स्वीकृति दिने विश्वव्यापी निकायहरु आइजिआइ, जिएलएस र जिआइएले प्रमाणपत्र दिएका छन् । त्यसकारण पनि पसलप्रति ग्राहकको विश्वास बढी छ ।
किलोका किलो सुनचांदीसहित मूल्यवान हिराको गरगहना र लक्जरी वाच विक्री गर्ने व्यवसायमा कत्तिको छ जोखिम ? सुमन भन्छन्, ‘चोरीको बढी जोखिम हुने हो । तर यहां हाई लेभलको सेक्युरिटी व्यवस्था छ । गोली नछिर्ने, नफुट्ने बुलेट फ्रुप सिसा छन् । क्षणभरमा प्रहरी आइपुग्छ । कसैले पसल फुटाउन खोज्यो भने तत्काल धुंवा (स्मोक) फैलिएर चोर त्यत्तिकै निसासिन्छ ।’
व्यवसायी सुमन राईले परम्परागत सुनचांदीका गरगहना विक्री गर्न थालेको त एक दशक बढी भइसकेको छ । सन् २०१४ मा पहिलोपटक प्लमस्टिड र अर्को वर्ष अल्डरसटमा अनुग्रह ज्वेलर्स शुरु गरेर उनले हजारौं ग्राहकको मन जितिसकेका छन् ।
उतारचढाव पनि उनले धेरै खेपे । लन्डनको पसल दुई पटक र अल्डरसटको पसल पनि चोरी भयो । त्यसमाथि बिएमडब्लु कार घरबाटै हरायो । ‘कुनै बेला ५ वटा क्राइम रिपोर्ट बोकेर प्रहरी धाएको थिएं म’, उनी संघर्षका क्षण पनि स्मरण गर्छन् । तर, कहिल्यै हरेस खाएनन् ।
अहिले अनुग्रह ब्राण्डमा राईको प्रपर्टी र ट्राभल व्यवसाय पनि छ । त्यही ब्राण्डमा च्यारिटी संस्था अनुग्रह फाउण्डेशन समेत चालु छ ।
अनुग्रह फाउण्डेशनमार्फत सामाजिक उत्तरदायित्व
गत अक्टोबरमा अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी डिनर गरि धरान मेयर हर्क साम्पाङले सञ्चालन गरेको खानेपानी प्रोजेक्टका लागि २१ हजार ३५५ पाउण्ड जुटाएका व्यवसायी राईले व्यापार अलवा सामाजिक कार्यमा पनि उत्तिकै योगदान गरेका छन् ।
उनले अनुग्रह फाउण्डेशनमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गरिएको बताए ।
उक्त फाउण्डेशनले अहिलेसम्म धेरै च्यारिटी काम गरिसकेको छ । २५ डिसेम्बर २०२२ मा खोटाङस्थित मयुर आधारभूत विद्यालयका २५० विद्यार्थीलाई ज्याकेट वितरण साथै वृद्धवृद्धालाई न्यानो ज्याकेट प्रदान गरि जाडो मौसममा उनीहरुको जीवन सहज बनाउन मद्दत गरेको थियो ।
१८ मार्च २०२३ मा फाउण्डेशनले सकारात्मक सोच विकास गर्न र सकारात्मक सन्देश फैलाउन एभरेष्ट बेस क्याम्पमा आफ्नो ब्यानर बोकेर यात्रा गरेको थियो ।
उता, फाउण्डेशनले स्वतस्फूर्त चन्दा संकलन गरि ७ डिसेम्बर २०२३ मा जाजरकोटका भूकम्प पीडितलाई १५ लाख रुपैयां खर्चमा ३० वटा पाल र नगद वितरण गरेको थियो । सुमन आफैं जाजरकोट पुगेर नगद र टेन्ट दिएका थिए ।
फाउण्डेशनले एनसीसीए यूकेको सहकार्यमा २६ फेब्रुअरी २०२४ मा पुनः जाजरकोटका निम्न वर्गीय परिवारलाई ब्ल्यांकेट र लत्ताकपडा प्रदान गरयो ।
त्यसैगरि, ८ मार्च २०२४ मा एनसीसीए यूके नर्थल्याण्ड झुण्डको सहकार्यमा जाजरकोटका आगलागी पीडितलाई ब्ल्यांकेट, लत्ताकपडा र खाद्य सामग्री (दाल चामल) वितरण गरयो ।
२८ अप्रिल २०२४ मा एनसीसीए यूकेकै सहकार्यमा अनुग्रह वालगृह जाजरकोटलाई ५ लाख रुपैयां सहयोग प्रदान गरेको फाउन्डेशनले २५ डिसेम्बर २०२४ मा मयुर आधारभूत विद्यालय खोटाङका प्रत्येक विद्यार्थीलाई कापी, कलम र झोला प्रदान गरि शैक्षिक सहयोग गरेको थियो ।
भावी योजना
फाउण्डेशनले समाजमा सकारात्मक उर्जा फैलाउने उद्देश्यले समरमा एम्पायर हलमा ‘सङ् अफ द गड’ नामक कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै, मयुर आधारभूत विद्यालय खोटाङमा ५० लाख रुपैयांको अक्षयकोष स्थापना, मुगु जिल्लाको विजय माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई प्रति विद्यार्थी दुई हजार रुपैयां बराबरको झोला र कलम सहयोग गर्ने तयारी भइरहेको राई बताउंछन् ।
हेरौं सुमन राईसंग नेपाली लिंकको भिडियो संवादः
तस्विरहरु:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५