प्यालेस्टिनीलाई सार्ने कुरा अरब विश्वका लागि अस्वीकार्य


दुबई—प्यालेस्टिनी सार्ने कुरा ‘अरब जगतका लागि अस्वीकार्य’ हुने अरब लिगले जनाएको छ ।
अरब लिगका महासचिव अहमद अबुल घेइतले बुधबार गाजा पट्टी र वेस्ट बैङ्कबाट प्यालेस्टिनीलाई कुनै पनि प्रकारको विस्थापन गर्ने कुरा अरब जगत्लाई अस्वीकार्य रहेको बताएका हुन्।
दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा उनले भने, ‘आज गाजामा ध्यान केन्द्रित गरिएको छ र भोलि प्यालेस्टाइनलाई यसका ऐतिहासिक बासिन्दाहरूबाट खाली गराउने उद्देश्यका साथ यो वेस्ट बैंकमा सर्नेछ ।’
उनले थपे, “करिब १०० वर्षदेखि यस विचारसँग लडिरहेका यो अरब समुदायका लागि अस्वीकार्य छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजाबाट बाहिर निकाल्ने योजनाबारे टिप्पणी गर्दै अबुल घेइतले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘एक शताब्दीको प्रतिरोध गरेका हामी अरब समुदायहरू अब कुनै पनि तरिकाले आत्मसमर्पण गर्ने कुराको पक्षमा लाग्ने छैनौँ । हामीले कुनै राजनीतिक, सैन्य वा सांस्कृतिक हार बेहोरेका छैनौँ भने किन यसो गर्नुपर्ने ?’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५