बेलायतमा नेपाली खेलाडी गुरुङले जिते मार्सल आर्ट्समा दुई स्वर्ण
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लन्डन- बेलायतमा सम्पन्न मार्सल आर्ट्सको एक अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खोलाडी भूपेन्द्र गुरुङले दुई स्वर्ण पदक जितेका छन्।
इन्टरनेसनल मार्सल आर्ट्स कर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा बेलायतमा आयोजित आईएमएसी खुला प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन्।
भूपेन्द्रले यूकेमा भएको प्रतियोगिताको नान छ्वान र ताइची स्पर्धामा स्वर्ण जितेका हुन्। उनले नान छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थिए।
तीन महिनाको अवधिमा भूपेन्द्रले जितेको योसहित ८ पदक हो । यसअघि अमेरिकाको विभिन्न सहरमा भएका तीन प्रतियोगितामा भूपेन्द्रले ६ पदक जितेका थिए।
ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत जितेका थिए।
भूपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै यूके आएका हुन् । यूकेमै उनले उमा नेपालको चौथो डान पनि प्राप्त गरेका छन् । वल्र्ड युनाइटेड मार्सल आर्ट्स (उमा) का अध्यक्ष ग्रान्ड मास्टर रिचर्ड होप्किन्सले भूपेन्द्रलाई प्रमाणपत्र प्रदान गरे।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५