सांसदलाई मुद्धा नचलेपछि पीडित बालिकालाई बालेनले भने– समय आउँछ, नआत्तिनू
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2024/08/balen-speech.jpeg)
फाइल तस्विर: काठमाडौं मेयर बालेन शाह
काठमाडौं- सत्तारुढ नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखाकुमारी शर्मालाई घरमा बालश्रमिक राखेको घटनामा सरकारी वकिलले मुद्दा नचलाउने तयारीप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि व्यक्त गरेका छन् ।
सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।
६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।
नाबालिकाको अवस्था दयनीय भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो ।
बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।
सोही घटनामा प्रतिक्रिया दिँदै मेयर शाहले लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडकविरूद्ध मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।’
उनले अघि भनेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५