बुधबार, फागुन २८, २०८१
04:23 | १०:०८

सान फ्रान्सिस्कोमा दूतावासको कन्सुलर सेवा शिविर

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२५

अमेरिका–नेपाली राजदूतावास वासिङ्टन डिसीले क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा कन्सुलर सेवा शिविर सम्पन्न गरेको छ ।
गत २१ देखि २९ जनवरीसम्म भएको उक्त शिविरमा सेवाग्राहीका एकहजार ५१५ राहदानी र १० वटा अधिकृत वारेसनामाको सेवा प्रदान गरिएको उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए ।

कन्सुलर सेवा सम्वद्ध सम्पूर्ण खर्च राजदूतावासले बेहोरेको आरणले बताए ।

शिविरबाट भौगोलिक हिसावले टाढा रहेका सेवाग्राहीलाई सहज एवं समय र खर्च समेत वचत भएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू