बिहीबार, माघ २४, २०८१
21:54 | ०३:३९

नेपाली जनसम्पर्क समिति बेलायतमा थप मनोनयन

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२५

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज सिंहले विभिन्न पदमा मनोनयन गरेका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा बोधार्थ पठाउंदै सभापति सिंहले समितिको विधान बमोजिम विभिन्न पदमा मनोनयन गरिएको जनाए ।

कोषाध्यक्षमा सुसन न्यौपाने र सदस्यहरुमा सुसन तामाङ, सुन्दर योङहाङ, सुजन साम्पाङ, राजकुमार गुरुङ, ओशन श्रेष्ठ, कविर श्रेष्ठ, इन्द्र राई, अनिल श्रेष्ठ, अमर श्रेष्ठ र सुश्री हेमा पुनमगरलाई सोमबार मनोनयन गरिएको सभापति सिंहले जानकारी दिए ।

सिंहले मनोनित पदाधिकारी तथा सदस्यहरुले संस्थाको उद्देश्य र मूल्यमान्यता अनुरुप आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

कार्यकारी सभापतिको जिम्मेवारी सम्हाले लगत्तै सिंहले यसअघि उपसभापतिमा असल लिम्बु, महामन्त्रीमा विनय दाहाल, सहमहामन्त्रीमा किशोर गुरुङ र सदस्यहरुमा दिपककुमार तुम्बापो, राजकुमार देउवा र प्रल्हाद कंडेललाई मनोनित गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू