बेलायती शाही दम्पतिको नेपाल भ्रमण मंगलबारदेखि, यस्ता छन् कार्यक्रम
लन्डन- बेलायती राजा चार्ल्स तृतीयका कान्छा भाइ राजकुमार एडवार्ड दम्पतिको पांच दिने भ्रमणका लागि मंगलबार नेपाल पुग्दैछन्।
पत्नी सोफीसहित नेपाल भ्रमणमा जान लागेका राजकुमार एडवार्ड मंगलबार दिउँसो काठमाडौ पुग्ने सुरक्षा स्रोतले जनाएको छ।
गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्रामलगायत अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली पोखरा घुम्न जाने कार्यक्रम पनि रहेको जनाइएको छ।
राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचालन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
यसअघि बेलायती राजदरबारले राजकुमार एडवार्ड दम्पतिले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गराएको थियो।
राजकुमार एडवार्ड र उनको टीम नेपाल भ्रमण पूरा गरी शनिबार बेलायत फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५