भूतपूर्व गोर्खा समस्या समाधान सम्बन्धमा नेपाल संवादको तयारी
लण्डन – सेन्टर फर नेपाल स्टडिज यूकेको आयोजनामा नेपाल डाइलग यूके वेबिनार सिरिजको दोस्रो अध्यायमा भूतपूर्व गोर्खाका समस्या समाधानतर्फ भएका प्रगति र सम्भावना विषयमा गहन छलफल हुने भएको छ।
यस वेबिनारमा गोर्खाहरूको हक-अधिकार तथा थाती रहेका समस्या समाधानका लागि भएका र हुनुपर्ने पहलबारे विज्ञ ‘प्यानलिस्ट’हरूले छलफल गर्नेछन्। साथै, सहभागीले आफ्ना जिज्ञासा राख्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे विशिष्ट अतिथि रहनेछन् ।
छलफलका प्रमुख वक्ताहरूमा बेलायती सांसद तथा नेपालसम्बन्धी सर्वपक्षीय संसदीय समिति अध्यक्ष एलेक्स बेकर, ‘ब्रिटिश गोर्खा मुद्दा’ का वार्ता सदस्य मेजर जुदबहादुर गुरुङ, गोर्खा इक्वेल राइट्सकी निर्देशक प्रेमिला भान ओम्मेन (तामाङ) तथा रस्मुर बरो काउन्सिलका काउन्सिलर एवं ‘वी लभ द गोर्खाज्’ समूहका संस्थापक एलेक्स क्राउफोर्ड छन्।
सेन्टर फर नेपाल स्टडिज यूकेका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले भने, “यस महत्वपूर्ण छलफलमा सहभागिता जनाइ गोर्खा समुदायका अधिकार, उनीहरूको समस्या र समाधानतर्फ भएका पहलबारे जानकारी लिन र छलफलमा भाग लिन सकिनेछ । हामी सम्बन्धित सबैको सहभागिताको अपेक्षा गर्दछौं।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५