बुढीगण्डकी परियोजनाका चुनौती र अवसरबारे इन्जिनियरहरुको सरोकार
लन्डन– सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोनेयूके) ले विज्ञहरुका साथ सन् २०२५ को पहिलो वेबिनार गरेको छ ।
२५ जनवरी शनिबार ‘१२०० मेगावाट बुढीगण्डकी जलविद्युत परियोजनाका चुनौती र अवसरहरू’ शीर्षकको वेबिनारमा त्रिभुवन विश्वविद्यालय इन्सटिच्यूट अफ इन्जिनियरिङका एसोसिएट प्राध्यापक, बूढीगण्डकी जलविद्युत परियोजनाका पूर्व संयोजक तथा बुढीगण्डकी जलविद्युत कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. जगतकुमार श्रेष्ठ मुख्य वक्ता थिए ।
वेबिनारमा आयोजक सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके, अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सेन्टर फर नेपलिज स्टडिज यूकेका सदस्यहरु साथै बेलायत, नेपाल र अमेरिकाका पेशेवरहरूको सहभागिता थियो ।
करिब दुई घन्टा ३० मिनेट लामो वेबिनारमा ४० जना सहभागीहरू सक्रिय रूपमा संलग्न थिए भने १५ वा सोभन्दा बढी प्रश्न र सरोकारहरुबारे जिज्ञासा मेटाइएको थियो ।
कार्यक्रम समापनका क्रममा सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेका अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले वहुचर्चित बुढीगण्डकी जलविद्युत परियोजनाका चुनौती र अवसरहरु प्रकाश पार्दै परियोजना सम्बन्धमा सरोकारहरुका जिज्ञासा मेटाउंदै स्पष्ट, अत्यन्त जानकारीमूलक र विस्तृत प्रस्तुति दिएकामा डा जगतकुमार श्रेष्ठलाई धन्यवाद दिए ।
अध्यक्ष तिमिल्सिनाले तीन महादेशबाट प्रतिनिधित्व गर्ने सबै सहभागीप्रति उनीहरुको सक्रिय संलग्नता, विचार–उत्तेजक प्रश्न र सरोकारका लागि आभार समेत व्यक्त गरे ।
सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले अर्को वेबिनार शृंखला २ आउंदो महिना १५ फेब्रुअरी २०२५ शनिबार दिउसो डेढ बजे गर्ने घोषणा गरेको छ । उक्त वेबिनारको शीर्षक ‘जलस्रोत, नेपालमा भूमिगत ठाउँको प्रयोग र अन्तर–बेसिन जल स्थानान्तरण परियोजना’ तय भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५