पर्यटकीय गाउँ अन्वेषणका लागि तमुधिं यूके र सहारा यूके नेपाल भ्रमणमा
लन्डन । ल्वाङ होमस्टेको निमन्त्रणमा बेलायतका दुई अग्रणी संस्था तमुधिं यूके र सहारा यूके पर्यटकीय गाउँ ल्वाङ जाने भएका छन् । १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने तयारी अन्तिम चरणमा छ ।
ल्वाङ पुगेर ल्वाङ गाउँ नजिकैको माछापुछ्रे, अन्नपूर्ण हिमाल नियाल्दै अन्नपूर्ण चियाबारी, बुद्ध पार्क, क्षेताक्यु बराह मन्दिर, गुफा, श्री बाराही आधारभूत निम्न माध्यमिक विद्यालय आदिको भ्रमण गर्ने लक्ष्य छ ।
१४ फेब्रुअरी बिहान ९ बजे सहारा यूकेको सहयोगमा निर्मित ल्वाङ भिलेज बोर्डको उद्घाटन गरिनेछ । यस भ्रमणको नेतृत्व तमुधिं यूकेका मिडिया सेक्रेटरी एसके गुरुङले गर्नेछन् ।
तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा एक टोली यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्न लागेको छ । टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजिवी र इस्टमित्रसँग भेटघाट गर्नेछ ।
प्रारम्भिक जानकारी अनुसार ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने, १ फेब्रुअरीमा काठमाडौंमा डा जगमान गुरुङसँग भेटघाट गर्ने कार्यक्रम छ । टोली २ फेब्रुअरी बिहान पोखरा प्रस्थान गरि ३ फेब्रुअरीमा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ ।
फेब्रुअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी हुने र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट गर्ने जनाइएको छ ।
त्यस्तै ५ फेब्रुअरीमा सिक्लेस, ६ मा चित्रे, ८ मा राम्जा आर्थर, ९ मा खाल्टे र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन: पोखरा फर्किने योजना छ।
यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी, तमुधिं यूकेलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । सोही दिन तमुधिं आमा समूह भने स्याङ्जातर्फ जाने छ ।
यस्तै १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमुधिं नेपालसँग भेटघाट गर्ने तय छ । सोही दिन पोखरा म्याराथन, चार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ ।
यस्तै १६ फेब्रुअरीमा गल्याङ, १७ मा लमजुङ भ्रमण र १९ मा काठमाडौं पुग्ने कार्यक्रम छ भने २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको तमुधिं यूके मिडिया सेक्रेटरी एसके गुरुङले जानकारी दिए ।
अध्यक्ष जुमकाजी गुरुङले यो भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि फलदायी हुने बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५