शुक्रबार, माघ ११, २०८१
21:03
|
०२:४८
नाइजेरियाको सैनिक कारवाहीमा कम्तिमा २५ लडाकु मारिए
रासस/सिन्ह्वा
जनवरी २३, २०२५
अबुजा, माघ १० गते– नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।
नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मङ्गलबार उत्तरपश्चिमी राज्यहरू सोकोटो र जाम्फारामा रहेका विद्रोही लडाकु समूहको शिविरमा सेनाले आक्रमण गर्दा तुर्जीको सेकेन्ड–इन–कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिएका जनाए ।
बुबाले कानवा र दर्जनौं अन्यको हत्यापछि तुर्जीको शिविर अस्तव्यस्त भएको बताए । उनले भने,“लडाकुहरूको मृत्यु नाइजेरियाको उत्तरपश्चिमी भागमा महत्त्वपूर्ण धक्का थियो । लडाकुहरूको यो समूहले यस क्षेत्रभरि धेरै अपहरण र आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थियो ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५