नेपाली राष्ट्रिय फुटबल टीम प्रशिक्षकमा अष्ट्रेलियाका रोस



प्रशिक्षक म्याट रोस। (तस्विर: एसपीएस स्पोर्टस्)
काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई छनोट गरेको हो । एन्फाले रोसको नियुक्तिलाई छिट्टै औपचारिकता दिइने जनाएको छ ।
रोस आफ्नो परिवारसहित नेपाल आएका छन्। उनी बिहीबार कांग्रेस सभापति कप नकआउट फुटबल हेर्न दशरथ रङ्गशाला समेत पुगेका थिए।
रोसले नेपाली प्रशिक्षक बन्ने दौडको अन्तिम सूचीमा रहेका स्पेनका युयान्डे रामोस र युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै बाजी मारेका हुन्।
‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए।
नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिनाअघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५