शनिबार, फागुन १०, २०८१
14:09 | १९:५४

अष्ट्रेलियाबाट विकासको डेब्यू म्यूजिक भिडियो सार्वजनिक

नेपाली लिङ्क जनवरी २२, २०२५

अष्ट्रेलिया- हेटौंडा स्थायी घर भई हाल ब्रिस्बेन, अष्ट्रेलियामा बसोबास गर्दै आएका उदयीमान कलाकार विकास मानन्धरले आफ्नो पहिलो म्यूजिक भिडियो ‘मन’ सार्वजनिक गरेका छन्।

उक्त गीत युट्युब, स्पोटिफाई, एप्पल म्यूजिक, अमेजनजस्ता प्रमुख संगीत प्लेटफर्महरूमा उपलब्ध छ।

विकासले उत्साहित हुँदै भने, ‘म एकदमै खुसी छु कि केही वर्षको मेहनतले मेरो पहिलो म्यूजिक भिडियो अन्ततः सार्वजनिक भएको छ । आशा छ यसलाई सबैले रूचाइदिनु हुनेछ ।’

विकासको भनाइमा ‘मन’ गीतले मानवीय हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीय रूपमा चित्रण गर्दछ। यसले खुशी र दु:ख, उत्साह र निराशा जस्ता भावना बीचको यात्रा अनि ति सबै भावनालाई सन्तुलनमा ल्याउने प्रक्रिया झल्काउँछ।


‘भिडियोमार्फत हामीले आफ्नो दैनिक जीवनको थकानबाट आजित एक व्यक्तिको कथा देखाएका छौं, जसले आफ्ना साथीहरूसँग पुन: मिलन गरेर आनन्द र ताजगी अनुभव गर्छ। गीतले मित्रताको सुन्दरता र त्यसबाट आउने नवीन उर्जालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ’- विकासले सुनाए ।

गीतको अवधारणा एक दिनमै तयार भएको र म्यूजिक भिडियो दुई दिनभित्र खिचिएको विकासले बताए। उनले यस प्रोजेक्टमा साथ दिने सृजनात्मक टिमप्रति आभार व्यक्त गरेका छन्।

गीतको म्यूजिक प्रोडक्सन कोविद बज्र (बज्र क्रिएसन रेकर्ड्स), निर्देशन/सिनेमाटोग्राफी र सम्पादन सरोजकुमार चौहान, कलर ग्रेडिङ रेनिश फागो र पब्लिसिटी डिजाइनर राकेश दाहाल छन्। भिडियोमा विकास मानन्धर आफैँ, सुवास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ ।

हेरौं म्यूजिक भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू