मंगलबार, माघ ८, २०८१
00:54 | ०६:३९

ब्रिटिश आर्मीमा भर्ती भएको वर्ष दिन नपुग्दै अस्ताए २२ वर्षीय घले

नेपाली लिङ्क जनवरी २०, २०२५

लन्डन । ब्रिगेड अफ गोर्खाजका राइफलम्यान पारस घलेको २२ वर्षको उमेरमा निधन भएको छ ।

द रोयल गोर्खा राइफल्स् फष्ट बटालियनमा कार्यरत घले (३०४२४८७५) को ११ जनवरी २०२५ मा निधन भएको गोर्खा ब्रिगेड एसोसिएसनले ब्रिगेड अफ गोर्खाज् हेडक्वार्टरलाई उधृत गर्दै जनाएको छ ।

२१ सेप्टेम्बर २००३ मा जन्मिएका घले एक असाधारण, उत्साही र दृढ व्यक्तित्व थिए जसले आफ्नो प्रशिक्षणमा ठूलो क्षमता र अटल प्रतिवद्धता प्रदर्शन गरेका थिए ।

२९ जनवरी २०२४ मा ब्रिटिश सेनामा भर्ना भएका उनले गोर्खा कम्पनीभित्र इन्फेन्ट्री ट्रेनिङ सेन्टर, क्याट्रीकमा आधारभूत प्रशिक्षण लिएका थिए । ५ डिसेम्बर २०२४ मा आफ्नो प्रशिक्षण सफलतापूर्वक पूरा गरेपछि उनी सी (मोगाउङ) कम्पनी, वान आरजीआरमा आवद्ध भएका थिए ।

आर्मी सेवाको पहिलो दिनदेखि नै उनी आफ्नो उल्लेखनीय समर्पणका लागि कटिवद्ध थिए । तालिममा आफ्नो उपलब्धिबाहेक घले गोर्खा कम्पनीका सांस्कृतिक कार्यक्रमहरूमा भाग लिएर उत्कृष्ट मनोरन्जनकर्ताको रूपमा परिचित थिए । उनी सधैं स्टेजमा प्रदर्शन गर्न इच्छुक रहन्थे ।

ब्रिगेड अफ एसोसिएसनले स्वर्गीय घलेको उत्कृष्ट कार्य क्षमता, नैतिकता, सकारात्मक दृष्टिकोण र प्रशंसनीय चरित्रले उनी सधैं स्मृतिमा रहिरहने बताएको छ । स्वर्गीय घलेले कडा परिश्रम, लगनशीलता र अविष्मरणीय सम्झनाको विरासत छोडेर गएका छन् जसले अरु सहकर्मीलाई निरन्तर प्रेरणा दिने एसोसिएसनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू